Odapalika - The Fourth Estate - चौथो अंग
श्री लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा

काठमाडौँ । सरकारले ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको जनाएको हो । 

‘सहकारी बिभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी वचतकर्ता सदस्यको वचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको व्यहोरा यस मन्त्रालयको मिति २०८०/११/२९ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ’, मन्त्रालयले जारी गरेको सूचनामा भनिनएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update