Odapalika - The Fourth Estate - चौथो अंग
कालीकोटको त्रिवेनीमा सुरु भयो स्की तालिम

काठमाडौँ । कालीकोटको त्रिवेनी पाटन छेटडीमा स्की तालिम सुरु भएको छ । 

नेपाल पर्यटन बोर्डको आयोजना र कर्णाली खेलकुद परिषद्को सहआयोजनामा मिति २०८० फाल्गुन २८ गतेदेखि कर्णाली प्रदेश कालीकोट जिल्लाको त्रिबेनी पाटन छेतडीमा आधारभूत स्की तालिम सुरु भएको हो । उक्त तालिममा २५ जना प्रशिक्षार्थी, नेपाल माउण्टेन एकेडेमीका तीन जना प्रशिक्षक,  स्थानीय पर्यटन ब्यवसायीहरुको समेत सहभागिता रहेको छ । 

फागुन २८ गतेबाट सुरु भएको उक्त तालिम आगामी चैत ५ गतेसम्म सञ्चालन हुने पर्यटन बोर्डले जनाएको छ । 

त्रिवेणी पाटन क्षेत्र  स्कीका लागि प्रचूर सम्भावना भएको क्षेत्र हो । स्कीका लागि वर्षभरी कम्तिमा १०० दिन हिउँ र ३० सेमी हिउँ पर्ने यश क्षेत्र साहसिक पर्यटनका अनि  स्कीको सम्भावनालाई उजागर गर्न यस तालिमको आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक विमल कँडेलले स्की साहसिक पर्यटनका लागि मात्र नभई नेपालको हिमाली भूभागमा विपद्का समयमा उद्धारका लागि पनि प्रयोग हुने भएकाले स्थानीयको सहभागितामा यस तालिम आयोजना गरिएको बताए ।

treading11710311154.jpg 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update