Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट विश्वासको मत पाएका छन् । 

बुधबार संसदमा उपस्थित २६८ जना सांसदले मतदानमा भाग लिएका थिए । उक्त सांसदमध्ये प्रचण्डको पक्षमा १५७ जना सांसदले विश्वासको मत दिएका थिए भने ११० जना सांसदले विपक्षमा । यस्तै, १ जना सांसद्ले मत दिन्न भन्नेमा मतदान गरेका थिए । 

सभामुख देबराज घिमिरेले तत्काल कायम रहेको सदस्य संख्याको बहुमतले प्रधानमन्त्रीले विश्वासको मत पाएको बताए । 

२१ फागुनमा कांग्रेसँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update