Odapalika - The Fourth Estate - चौथो अंग
बलेनले पाए विद्यावारिधि गर्न फेलोसिप

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विद्यावारिधि(पीएचडी)का लागि फेलोसिप पाएका छन् ।

काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको जानकारी उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत गराएका छन् । बालेनले पर्यटन र अर्थतन्त्र प्रवद्र्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् ।

नगर प्रमुख साहले काठमाडौँ विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए ।

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update