Odapalika - The Fourth Estate - चौथो अंग
बृद्धाभत्ता वितरणमा अनियमितता गर्ने वडाअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोय अनुसन्धान आयागले बृद्धाभत्ता वितरणमा अनियमितता गरेको भन्दै वडाअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

सल्यान, शारदा नगरपालिका वडा नं. ३ मा मृत्यु भैसकेको मानिसको नाममा बृद्धभत्ता वितरण गरेको  भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सल्यान, शारदा नगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष टोप बहादुर थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको रकम वितरण गरेको भन्दै आयोगले बुधबार मुद्धा दायर गरेको हो । 

वडाअध्यक्ष थापाले आर्थिक वर्ष २०७४।७५, आ.व.२०७५।७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आ.व. २०७६।७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाई बुझिलिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । 

आयोगले वडाअध्यक्ष थापाालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update