Odapalika - The Fourth Estate - चौथो अंग
आठ खेलका लागि प्रशिक्षक नियुक्त गर्दै भरतपुर महानगर, यसरी दिनुस् आवेदन ?

काठमाडौँ । चितवनको भरतरपुर महानगरपालिकाले विभिन्न ८ वटा विधामा खेल शिक्षक नियुक्ती गर्ने भएको छ । 

महानगरले खेलक्षेत्रको योजनावद्ध विकासका लागि विभिन्न विद्यालय तथा वडाहरुमा आवश्यक परेको भन्दै बिहीबार एक सूचना जारी गर्दै उक्त विधामा खेल शिक्षक नियुक्ती गर्न लागेको हो । 

इच्छुक खेल शिक्षकले सूचना प्रकाशन भएको ७ दिनभित्र रीतवूर्वक आवेदन फारम भरी पेश गर्नुपर्नेछ । 

पालिकाले भलिबल, फुटबल, क्रिकेट, तेक्वान्दो, कँराते, कबड्डी, पारा तेक्वान्दो र पारा एथ्लेटिक्स खेलका लागि एक÷एक जना प्रशिक्षक शिक्षक नियुक्त गर्न लागेको हो । 

आवेदनका साथ मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईई वा सो सरह उतीर्ण गरेको, २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, निरोगिताको प्रमाणपत्र, राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा स्थान÷पदक हासिल गरेको, सम्बन्धित विधामा खेल प्रशिक्षक तालिम लिएको, भरतपुर महानगरपालिकाको स्थानीय बासिन्दा हुनुुपर्ने र सम्बन्धित खेलको विषयमा मान्यताप्राप्त माथिल्लो शैक्षिक योग्यता हासिल गरेकोलाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ । 

notice1710395180.jpg

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update