Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, तत्कालीन अध्यक्ष धनलाल चौलागाई, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब–इन्जिनियर हर्कधन बुढा विरुद्ध मुद्दा दायार गरेको हो । 

यस्तै, आयोगले उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष बिरकुल्ली बुढा र वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष सालीग्राम ऐडी विरुद्ध समेत भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

उनीहरु विरुद्ध खानेपानी मर्मत योजनाको फिल्डमा नापी किताब बमोजम काम नभए पनि काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने, प्रमाणित गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरेको जनाईएको छ । 

आयोगले आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानी पु¥याउने बदनियतले वास्तविक रुपमा काम भएको भन्दा बढी ५ लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम कसुर गरेको पुष्टि हुन आएको भन्दै उनीहरुलाई पाँच लाख पन्ध्र हजार एक सय आठ रुपैयाँ सन्तानब्बे पैसा बिगो कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन एवं बिगो असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update