Odapalika - The Fourth Estate - चौथो अंग
जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका प्रमुख सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डे, तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेश सिंह कठायत, सव इन्जिनियर भिमबहादुर रोकाया, असिस्टेन्ट सवइन्जिनियर सर्जन शाही, सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिका अयष दिपादेवी शाही, सचिव पूर्ण बहादुर शाही र कोषाध्यक्ष फल्टउरा शाही विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । 

उनीहरु विरुद्ध मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ९ साविक कालै गा.वि.स. वडा नं. २, ३, ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आर.सी.सी. सिंचाई कुलो निर्माणका लागि आ.ब. २०७२।०७३ मा उपलब्ध गराएको रकम हिनामिना गरेको आरोप लागेको छ । 

आयोगले कार्यालय प्रमुख पाण्डेले सिड्डिखोलादेखि फुक्यालसम्मको आर.सी.सी. सिंचाई कुलो निर्माणमा भुक्तानी गरेको रकमबाट सिड्डीखोला सिंचाई आयोजनामा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार १४ लाख १७ हजार ९३५ रुपैयाँ बराबरको कार्य सम्पन्न नगरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पु¥याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले चौध लाख सत्र हजार नौ सय पैतीस रुपैयाँ पचपन्न पैसा बिगो कायम गरी ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update