Odapalika - The Fourth Estate - चौथो अंग
वित्तीय समानीकरण अनुदानकाे गाँठो फुक्यो 

काठमाडौं । सरकारले स्थानीय तहमा दिनुपर्ने समानीकरण अनुदानको तेस्रो किस्ता रकम तत्काल दिने निर्णय गरेको छ । 
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि कटौती गरिएको अनुदान रकममध्ये ४० प्रतिशत रकम तत्काल दिने निर्णय गरेको हो ।
केन्द्र सरकारले अन्तिम किस्ता बापतको अनुदान रकम कटौती गरेको भन्दै नगरपालिका महासंघ र गाउँपालिका महासंघले विरोध गर्दै आएका थिए । विरोध स्वरुप शुक्रबार सिंहदरबार घेराउ गर्ने तयारी गरेकोमा सरकारले बिहीबार साँझ नै निर्णय गर्दे तत्काल ४० प्रतिशत रकम दिने निर्णय गरेको हो ।
गत २ वैशाखमा मन्त्रिपरिषद्को बैठकले २०७९÷०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौति गरेको थियो । तर, विहीबारको बैठकले तत्काल ५ अर्ब ९ करोड रुपैयाँको ४० प्रतिशत रकम दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘वैशाख २ गते २०७९÷०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सम्मानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौती गरिएको थियो, हाललाई ५० प्रतिशत पैसा अनुसार जुन ५ अर्ब ९ करोड रुपैयाँ जुन दिनुपर्ने हो, त्यसको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय भएको छ’, शर्माले भनिन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update