काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाको नगर कार्यपालिकाको बैठकमा कुटाकुट भएको छ । बिहीबार बिहान बसेको कार्यपालिकाको बैठकमा उपस्थित जनप्रतिनिधिबीच कुटाकुट हुँदा प्रमुुख प्रशासकीय अधिकृत घाइते भएका छन् ।
बैठकका सदस्य सचिव एवंम पालिकाका प्रमुख प्रशासकीय अधिकृृत कृृष्णदेव जोशीको हाल जोडवुडा अस्पतालमा उपचार भैरहेको छ । उनको टाउँकोमा चोट लागेको जनाईएको छ ।
यसअघि पनि उक्त पालिकामा विभिन्न समयमा जनप्रतिनिधिबीच कुटाकुट हुने गरेको थियो ।
कुटाकुटको विषयमा बृृस्तीत विवरण आउन भने बाँकी रहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १५:०३
प्रतिक्रिया दिनुहोस्