Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
फाइल फाेटाे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ ।

शुक्रबार बिहान उक्त प्रतिवेदन कार्यान्वयन गर्न प्रचण्डले गृहमन्त्रीलाई निर्देशन दिएका थिए । 

जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । 

इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । महरालाई आयोगले यसअघि नै बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

उक्त आयोगमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update