Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमबारे यस्तो छ मौसमविद्को भनाई 

काठमाडौंँ । जल तथा मौसम विज्ञान विभागले आज देशका उच्च हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । 

पश्चिमी न्यूनचापीय प्रणालीसंगै स्थानीय वायुको आंशिक प्रभावका कारण हिमपातको सम्भावना रहेको उसको भनाइ    छ । 

विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update