Odapalika - The Fourth Estate - चौथो अंग
मेलौली नगरपालिकाले जित्यो कबड्डी प्रतियोगिताको उपाधि 

भक्तपुर । बुटवल उपमहानगरपालिकालाई पराजित गर्दै बैतडीको मेलौली नगरपालिका भक्तपुरमा सम्पन्न अन्तर नगर महिला कबड्डी प्रतियोगिताको विजेता बनेको छ ।

भक्तपुर नगरपालिकाले सहिद स्मृति खेलमैदानमा २९ फागुनबाट आयोजना भएको प्रतियागिताको शनिवार सम्पन्न फाइनलमा मेलौली नगरपालिकाले रुपन्देहीको बुटवल उपमहानगर पालिकालाई ५२–२० अंकले पराजित गर्दै मेलौली नगरपालिका विजेता बनेको हो । मेलौलीका रविना चौधरी प्लेयर अफ द म्याच घोषित भइन् ।

प्रतियोगितामा प्रथम भएको मैलौलीले १ लाख ५० हजार र  उपविजेता बुटवल उपमहानगरपालिले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । 

प्रतियोगितामा तेस्रो हुने पोखरा महानगरपालिका र भीमदत्त नगरपालिकाले ५०–५० हजार रुपैयाँ पुरस्कार पाए । फाइनल खेलका बिजेतालाई सांसद प्रेम सुवालले पुरस्कार प्रदान गरे ,

प्रतियोगितामा उत्कृष्ट रेडतर्फ मेलौली नगरपलिकाकी रविना चौधरी, उत्कृष्ट डिफेन्डरतर्फ रोशनी साउद, सर्वाेत्कृष्ट खेलाडीतर्फ मेलौलीकै जयन्ती बडु घोषित भए ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update