Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट पोखरा महानगरका शहरी क्षेत्र २४सै घण्टा खुला

काठमाडौँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही आज पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।

उक्त घोषणासँगै सुरुवाती चरणमा पोखरामा मुख्य चोकहरुलाई २४सै घण्टा खुला गर्ने निर्णय भएको छ । 

जसमा महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४सै घण्डा खुला रहने छ । खुला राख्ने क्षेत्रका व्यवसायी र व्यवसायिक फर्मले निस्चित मापदण्ड भने पूरा गर्नुपर्ने सर्त राखिएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरालाई २४सै घण्टा खुला गर्ने निर्णय गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए । तोकिएको मापदण्ड पूरा गरेका क्षेत्रलाई आजदेखि २४सै घण्टा खुला गर्ने निर्णय भएको भन्दै उनले विस्तारै सिंगो पोखरालाई नै खुला गरिने बताए । 

गृह मन्त्रालयले यस अगाडि नै २४सै घण्टा खुला राख्नका लागि केही मापदण्ड निर्धारण गरेको र मापदण्ड पुरा गर्नुपर्ने उनको भनाइ छ । मापदण्डको बिषयमा पर्यटकीय राजधानी घोषणा कार्यक्रममै सार्वजनिक गरिने उनले जानकारी दिए ।

पोखरा महानगरका मेयर धनराज आचार्यले सुरक्षा समिति र सम्बद्ध सबै निकायको बैठकले पहिलो चरणमा लागु गर्नेगरी राति १ बजेसम्म र रातभर खोल्नेगरी कार्यविधि बनेको बताए ।

पर्यटन व्यवसायी उत्साही

शनिबारको बैठकले आइतबार पोखरालाई ‘पर्यटकीय राजधानी घोषणा’ सँगै सिमित क्षेत्रका बजार २४ सै घण्टा खुला गर्ने निर्णय गरेसँग पोखराका पर्यटन व्यवसायीहरु उत्साही बनेका छन् । 

व्यवसायीहरुले पोखराका शहरहरु २४सै घण्टा खुला रहेको सन्देशनले सिंगो गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान हुने बताएका छन् । उनीहरुले उक्त निर्णय अनुसार २४सै घण्टा शहर खुला राख्न उचित स्वस्थ्कर खानपानका साथै सुरक्षाको समेत तयारी गर्नुपर्नेमा जोड दिए । 

पोखरामा पर्यटकीय पूर्वाधारहरु धेरै बन्ने क्रममा रहेका तर त्यसलाई सदुपयोग गर्ने दीर्घकालीन रणनीति आवश्यक रहेको भन्दै २४सै घण्टा पर्यटन क्षेत्र खुल्ने कुरा व्यवस्थित ढंगले अगाडी बढाइनुपर्ने पर्यटन परिषदका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले बताए । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update