Odapalika - The Fourth Estate - चौथो अंग
९ महिनासम्म तलब नपाएपछि...

काठमाडाैँ । रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरु र नगरपालिकाबीच तलब निकासा गर्ने विषयमा सहमति भएको छ । 

यो सहमतिसँगै वार्षिक परीक्षा बहिष्कार गरेका शिक्षकहरु परीक्षा संचालन गर्न तयार भएका छन् । 

आजबाट सुरु हुने परीक्षा बहिष्कार गरेर धर्नामा बसेका शिक्षकहरुसँग संघीय सांसद सुनिल यादवको सक्रियतामा  कार्यबाहक नगरप्रमुखले होली अघिनै शिक्षक र कर्मचारीको तलव निकासा गर्ने सहमति गरेपछि शिक्षकहरु काममा फर्किएका हुन् । 

उनीहरुले भोलिबाट नियमित परीक्षा संचालन गर्ने बताएका छन् । उनीहरु गत बुधवारदेखि विदालय बन्द गरेर धर्नामा थिए । शिक्षकहरु लामो समयदेखि तलवकै लागि आन्दोलन गरिरहेका छन् । यहाँका शिक्षकले ९ महिनादेखि तलव पाएका छैनन् ।

नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको थियो ।

फतुवा बिजयपुर नगरपालिकाका ३२ वटा विद्यालय छन् । जहाँ ६ हजार वढी विद्यार्थी अध्ययनरत छन् । प्रस्तावित सहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update