Odapalika - The Fourth Estate - चौथो अंग
टोखा नगरपालिकामा ज्येष्ठ नागरिकको निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण सुरु 

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले ६० वर्ष नाघेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । 

‘मेयर दीर्घायू निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रममार्फत ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण सुरु भएको नगरपालिकाले जनाएको छ । 

यो कार्यक्रम टोखाको टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालबाट सुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वस्थ्य बनाउनका लागि अभियान थालिएको बताए । 

टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले उक्त अभियानका लागि टोखाले यो वर्ष ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । 

४ वर्षदेखि यो कार्यक्रम गरिरहेको टोखाले यो वर्षका लागि प्रादेशिक अस्पतालबाट सेवा सुरु भएको जनाएको छ । 

स्वास्थ्य परीक्षण अभियान नगरपािलकाको वडा नम्बर ११ मा रहेको सहरी स्वास्थ्य केन्द्रबाट पनि सुरु गरिने पालिकाको भनाइ छ । जहाँ उनीहरूकाे निःशुल्क हाेलबडी नै परीक्षणा गरिने छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update