Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाः टीकापुर, वडा नम्बरः १, टुक्राः ४ 

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकाले वडा नम्बर १ लाई ४ वटा वडामा विभाजन गर्ने प्रस्ताव पारित गरेको छ । 

नगर सभाले वडा नम्बर १ का वडाअध्यक्ष मोहन लुहार बिकले पेश गरेको प्रस्तावलाइृ नगरसभाले पारित गरेसँगै वडा टुक्राउने प्रक्रिया अघि वढेको छ । 

नगरसभाको यो निर्णयलाई प्रदेश हुँदै संघीय मन्त्रिपरिषदले पारित गरेपछि कार्यान्वयनमा आउने छ । ९ वटा वडा रहेको यो नगरपालिकाको नगरसभाले पारित गरेको प्स्ताव स्वीकृत भएमा अब १२ वटा वडा हुनेछन् । 

नगर प्रमुख रामलाल डगौरा थारुकाअनुसार वडाको जनघनत्व अत्याधिक रहेको कारण वडा विभाजन गर्ने प्रस्ताव पारित गरिएको हो । यो निर्णयपछि अव सेवा प्रवाहमा समस्या नहुने डगौराको भनाइ छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नगरपालिकाभित्र ९८ हजार जनसंख्या छ । जसमध्ये वडा नम्बर १ मा मात्र ४६ हजार मानिसको बसोबास छ । 

नगरसभाले वडा नम्बर १ को जमरा पुल पारीको क्षेत्रलाई एउटा वडा बनाउने निर्णय गरेको छ । ब्लक नम्बर ९, १०, ११, १२, १३, १५, १६, २२, २३ लाई अर्को वडा, ब्लक नं ४, ५, ६, ७, ८ ,२४, २५ वनगाउँ र छेगरखैला क्षेत्रलाई अर्को वडा बनाउने सहमति भएको छ । ब्लक नम्बर ए, बी, सी, १४, १७, १८, १९, २०, २१ जमरावारी शक्ति नगर र शिव नगरसम्मका शिविर क्षेत्र अब अर्को वडा हुनेछन् । 

नगरवासीले लामो समयदेखि वडा विभाजन गरिनुपर्ने माग गर्दै आएका थिए । सोही माग अनुसार नगरस्थित राजनीतिक दललगायत सरोकारवाला पक्षसँगको परामर्शमा भूगोल र क्षेत्रलाई मिलाएर वडामा विभाजन गरिएको नष्गरप्रमुखको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update