Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको हो । 

प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको भन्दै काठमाडौं ल्याउने तयारी भएको जानकारी दिए । 

गृहमन्त्री रवी लामिछानेले आइतबार बिहान आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका थिए । 

सुन प्रकरणमा संलग्न रहेकाले कारबाही गर्न भन्दै उच्चस्तरीय छानबिन आयोगले सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिएको जनाईएको छ । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update