Odapalika - The Fourth Estate - चौथो अंग
राप्तीका मेयरले किन लेखे अभिभावकलाई पत्र ? 

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामाले नानीबाबुको साथी बन्न अभिभावकलाई पत्र लेखेका छन् । 

नगरपालिका भित्र सञ्चालित विद्यालयमा वार्षिक परीक्षा सुरु भएको भन्दै उनले बाबुनानीहरुसँग बसिदिन अभिभावकलाई आग्रह गरेका हुन् । 

यस्तो छ शमशेरको पत्र

सम्पुर्ण अभिभावकहरुमा नमस्कार, बर्षभरी तपाईका नानीवावुहरुले पढेका, सिकेका र जानेका कुराहरूको गणितिय माध्यम वाट परीक्षा लिने समय सुरु भएको छ । कक्षा ८ सम्म अध्ययनरत तपाइका नानीवावुहरुको तपाईंका नानीबाबुहरू पढिरहेको यो बर्षको अन्तिम परीक्षामा साथैमा रहनुहोला र साथी बनी पढाइ गर्नमा सहयोग गरिदिनुहोला । 

यो बेलामा नानीबाबुहरुको साथमा बसी दिनुहोस्, शैक्षिक सामग्रीहरुको ब्यबस्था गरिदिनुहोस, नानीबाबुहरु पढिरहेको बेला तपाईं मोवाइलमा व्यस्त नहुनुहोस् उनीहरुलाई यस्तो नलागोस् कि मैले मोवाइल प्रयोग गर्न पाएको छैन । अध्ययनको बेला हजुरहरु पनि केही न केही अध्ययन गरेर साथमा बसिदिनुहोस ताकि उनीहरुलाई लागोस कि मैले पनि पढ्नुपर्छ ।  

आफ्ना बावु नानीहरुमा उत्प्रेरणा जगाउनुहोस् । उनीहरुको सिकाइ क्रियाकलापमा सहभागी भइदिनुहोस् र उनीहरुको खानपानमा ध्यानदिनु अनुरोध गर्दछु । 

परीक्षा प्रति विद्यार्थीहरुमा डर र त्रास बढ्ने हुदा यो भ्रमलाई चिर्न अभिभावकले महत्वपूर्ण भुमिका खेल्नुपर्छ । यसकारण यो महिना यहाँहरुले आफ्ना नानीवावुहरुलाई सहजरुपमा पढ्ने र परीक्षामा सहभागी हुने वातावरण सिर्जना गर्नुहुन अनरोध गर्दछु ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update