Odapalika - The Fourth Estate - चौथो अंग
गोलन्जोर २ का वडाध्यक्ष दौलत कार्की प्रहरी हिरासतमा


सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं २ का अध्यक्ष दौलत कार्कीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पक्राउ पुर्जी जारी गरेको झण्डै डेढ महिनापछि कार्कीले आफैँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् । 

गोलन्जोर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेलले आफुलाई वडाध्यक्ष कार्कीले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएका थिए ।  

थप अनुसन्धानका लागि जिल्ला अदालतमा म्याद थप्न पठाइएएको प्रहरीले जनाएको छ । 

कुटपिट लगायतका घटनामा बारम्बार विवादमा आइरहने वडाध्यक्ष कार्की यसअघिका घटनामा भने माफी पाउँदै आएका थिए । 

नेपाली कांग्रेसबाट दोस्रोपटक वडाध्यक्ष जितेपछि कार्कीले कांग्रेसबाहेकलाई कुनै पनि सिफारिससमेत नदिने गरेको गुनासो व्यापक रहँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update