Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

आयोगले सोमबार बिशेष अदालत काठमाडौँमा रौतहट जिल्लाको ईशनाथ नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, नगरपालिकाका तत्कालीन इन्जिनियर सत्पपाल सौरभ र र आधारभूत विद्यालय लल्मिनिया जटहराका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

उक्त विद्यालयको २ कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप लगाईएको छ । 

आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई २ लाख ३५ हजार ८९५, इन्जिनियर सौरभलाई ८६ हजार ६४७ रुपैयाँ र प्रधानाध्यापक अख्तरलाई ३ लाख ३ हजार ७९७ रुपैयाँ बिगो दाबी गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update