Odapalika - The Fourth Estate - चौथो अंग
गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन : भौतिक पूर्वाधारमन्त्री बने दिपक मनाङे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन गरेका छन् । उनले सांसद दिपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी समेत दिएका छन् । 

एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो तीन बजे राखिएको छ ।

मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद पुनर्गठन गरेसँगै मनाङे चौथो पटक मन्त्री बनेका हुन् । 


 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update