Odapalika - The Fourth Estate - चौथो अंग
परीक्षार्थी ! नझुक्किनू, गार्ड होइनन् जनप्रतिनिधि हुन् 

भक्तपुर । तस्वीरमा देखिएको दृष्य भक्तपुर नगरपालिकाले संचालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षा लेख्न बसेका विद्यार्थी हुन् । 

विद्यार्थीमात्र होइन, तपाईंपनि नझुक्किनुहोला परीक्षा लेखिरहेका विद्यार्थी बसेका कोठा कोठमा पुगेर घुमिरहेकी (फोटोमा देखिएकी) महिला परीक्षाको गार्ड या निरीक्षक होइनन् । 

उनी भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी हुन् । र यी तस्वीर परीक्षा केन्द्र पुगेर वडापालिकाले खिचेका पनि होइनन् । 

परीक्षा दिइरहेका विद्यार्थीहरुको कक्षाकोठामा पुगेर पोज पोजका फोटो खिचेपछि भक्तपुर नगरपालिकाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भएका तस्वीर हुन् ।  

त्यसो भए परीक्षा हलमा निरीक्षक, (गार्ड) र केन्द्राध्यक्षबाहेक जानै हुँदैन त ? 

नेपालको विद्यामान नीति र कानुन यो विषयमा मौन छ । तर विद्यार्थीको मनोविज्ञानमा गम्भीर असर पर्ने भन्दै परीक्षा दिइरहेका विद्यार्थीलाई असर पर्नेगरी हलभित्र पसेर अनुगमन गर्न र तस्वीर तथा भिडियो खिच्न नहुने नैतिक मान्यता छ । 

यो मान्यता मात्र होइन । २०७९ सालमा परीक्षा हलमा जनप्रतिनिधि र अनधिकृत व्यक्ति प्रवेशको आतंक नै चलेपछि गृह मन्त्रालयले सर्कुलर नै जारी गरेर यसरी हुल बाँधेर हलमा नजान भनेको थियो । 

हेर्नुहोस् गृहको विज्ञप्ति 

Home_Vs_Exam1710764931.jpg

तर गृहको निर्देशनले जनप्रतिनिधिलाई कहाँ छुनु ? १ चैतबाट सुरु भएको कक्षा ८ को परीक्षामा आज अर्थात सोमवार उपप्रमुख जोशी शिक्षा समितिका सदस्यसमेत रहेको भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेसमेत परीक्षा संचालन भइरहेका विभिन्न कक्षाकोठामा पुगे । निरीक्षण गरे । पोज पोजका फोटा पनि खिचे । 

नगरपालिकाका कर्मचारीले उपप्रमुखले निकै गतिलो काम गरे झेँ गरेर नगरपालिकाको फेसबुक पेजमा पोष्ट समेत गर्न भ्याए । 

कानुनले यसरी अनुगमनमा जानु हुँदैन, फोटो खिच्न हुँदैन भनेर नलेखेकै कारण जनप्रतिनिधिहरु परीक्षा मर्यादित बनाउने नाममा हलमा प्रवेश गर्ने गरेका छन् । 

तर, परीक्षालाई मर्यादित बनाउन केन्द्राध्यक्ष र निरीक्षकहरु खटाइएका हुन्छन् । जनप्रतिधिको परीक्षा हलमा प्रवेश केन्द्राध्यक्षदेखि निरीक्षकसम्ममाथि अविश्वास हो कि काम गरेको देखाउने ताल? पाठकले नै जानून् । 

rajani71710764988.jpg

rajani51710764985.jpg

rajani61710764985.jpg

rajani41710764981.jpg

rajani31710764981.jpg

rajani1710764975.jpg

rajani21710764975.jpg

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update