Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी केन्द्रको पदाधिकारी बैठकः महरालाई निलम्बनको छिट्टै निर्णय हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जनकारी दिए ।

‘छलफल जारी छ । विभिन्न कोणबाट हामी छलफल गरिरहेका छौँ । छिट्टै निष्कर्षमा पुग्छौ’, प्रवक्ता सापकोटाले भने । पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ । उनले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनबारे जानकारी गराएका थिए ।

उपाध्यक्ष महरालाई सोमबार विहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो । उनलाई  सोमबार नै काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update