Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । बागलुङ नगरपालिकाले ‘पर्यटन नारा तथा लोगो’ निर्माण गर्ने भएको छ । पालिकाले २ चैतमा १५ दिनको सूचना जारी गर्दै नारा तथा लोगो निर्माणका लागि निवेदन मागेको हो । 

तोकिएको समयभित्र परेका आवेदनमध्येबाट नगरपालिकालाई उपयुक्त लागेमा लोगो र नारा दुबैलाई १५ हजार रुपैयाँका दरले पुरस्कार दिइने सूचनामा उल्लेख छ । 

पालिकाले १० शब्दभित्रमा नारा हुनुपर्ने, नारा देवनागरी र रोमन दुवै लिपिमा हुनुपर्ने, नारा र लोगो छुट्टाछुट्टै खामबन्दीमा हुनुपर्ने, नारामा पालिकाभित्रका धार्मिक, सास्कृतिक, प्राकृतिक र सामाजिक परिवेश झल्किनु पर्नेछ । यस्तै, नारा र लोगोसँगै छुट्टै फाइलमा सर्जकको नेपाली नागरिकताको प्रतिलिपी अनिर्वाय राख्नु पर्ने भन्दै नराखेमा प्रतियोगितामा सहभागीता नगराईने जनाइएको छ । 

उता, ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको महाङ्काल गाउँपालिकाले पालिका गान सार्वजनिक गरेको छ । पालिकाभित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई समेटेर उक्त गान सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update