Odapalika - The Fourth Estate - चौथो अंग
११ जिल्लाका सीडिओ फेरिदा अध्यागमनमा निरौला

काठमाडौँ । गृहमन्त्री रवी लामिछानेले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) को सरुवा गरेका छन् । 

उनले गृहमन्त्रालयमा रहेका सहसचिव ध्रुबहादुर खड्कालाई संखुवासभामा पठाएका छन् । अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

यस्तै, रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई लमजुङमा सहायक सीडिओको जिम्मा दिएका छन् । 

अध्यागमनको डिजीमा निरौला

लामो समयदेखि खाली रहेको अध्यागमन विभागको प्रमुखमा कोषहरी निरौलालाई जिम्मेवारी दिईएको छ । विभागका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङलाई भ्रष्टाचार मुद्दा लागेसँगै उक्त पद खाली रहेको थियो । 

खाली रहेको ठाउँमा गृहले मन्त्रालयका सहसचिव कोषहरी निरौलालाई जिम्मेवारी दिएको हो । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । 

हेर्नुस् सूची :

cdo saruwa1710831893.jpg

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update