Odapalika - The Fourth Estate - चौथो अंग
अर्काकी श्रीमती र सम्पत्ति उडाइदिने गाउँपालिका अध्यक्षविरुद्ध उपाध्यक्षको उजुरी 

काठमाडौँ । अर्काकी श्रीमतीलाई विवाह गर्न खोजेको अभियोग लागेका सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष विरुद्ध उपाध्यक्षले प्रहरी गुहारेका छन् । 

श्रीमती र सम्पत्ति लगेको भन्दै सर्लाहीका भीमबहादुर मोक्तानले अध्यक्ष बज्रध्वज वाइवाविरूद्द पालिकाको न्यायिक समितिमा उजुरी गरेका थिए । 

सो उजुरी समितिको क्षेत्राधिकारभित्र नपर्ने भन्दै न्यायिक समितिका संयोजकसमेत रहेका उपाध्यक्ष चेखबहादुर थिंगले उजुरीको प्रतिलिपिसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । 

यस्ताे छ उपाध्यक्षले प्रहरीलाई लेखेको पत्र 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को न्यायिक समितिको क्षेत्राधिकार अन्तर्गत सोही ऐनको दफा ४७ ९१० व्यवस्था भएको विवाद निरूपण अधिकार क्षेत्र र उपदफा ९२० मा व्यवस्था भएको मेलमिलापको माध्यमबाट विवाद निरूपण गर्ने क्षेत्रभन्दा बाहिर अर्थात फौजदारी किसिमको माग दाबी उजुरीकर्ताले गरेको हुँदा न्यायिक समितिको क्षेत्राधिकार नपर्ने भएकाले निवेदक स्वयम्ले नै आफ्नो उजुरी निवेदनमा बोधार्थ जनाई तहाँ कार्यालयमा आवश्यक कारबाहीसमेत माग गरेकाले सोही अनुसार हुन यो उजुरी निवेदनसहित तहाँ कार्यालयमा पठाइएको छ । 

भएको के हो ? 

गाउँपालिका अध्यक्षले आफ्नी श्रीमती र ८ लाख रुपैयाँसमेत लगेको भन्दै सर्लाहीका मोक्तानले पालिकाको न्यायिक समितिमा उजुरी गरे । उनको उजुरी अनुसार मोक्तान बैदेशिक रोजगारीमा गएका बेला अध्यक्षले आफुले बिदेशबाट पठाएको पैसामात्र नभइ श्रीमतीलाई समेत लगेर डेरामा राखेको उल्लेख छ । 

मोक्तानले उजुरीमा यसअघिपनि अध्यक्षले घरमै आएर आफुलाई कुटपिट गरेकोसमेत उल्लेख गरेका छन् । उजुरीमा उनले आफ्नो श्रीतीसँग पालिका अध्यक्षले नियमित शारिरीक सम्पर्क राख्ने गरेको अडियोलगायतका प्रमाणसमेत पेश गरेको न्यायिक समितिको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update