Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाको क्वार्टरमा आगो लगाएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ 

काठमाडौँ । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् ।

गत २४ फागुनमा आफुमाथि अज्ञात समूहले आक्रमण गरेको भन्दै प्रहरीकहाँ पुगेका अधिकारी अन्नत: सरकारी निवासमा अगो लगाएको अभियोगमा पक्राउ परेका हुन् । 

पालिकाले उपलव्ध गराएको क्वार्टरमा सुतिरहेका बेला मध्यरातमा एक्कासी ढुंगामुढा गरिएको र आगलागी प्रयास भएको भन्दै अधिकृतले आफुलाई फोन गरेको गाउँपालिका अध्यक्ष जमन सिंह धामीले वडापालिकालाई बताएका थिए  । 

तर प्रहरी अनुसन्धानले सो घटनामा उनकै संलग्नता देखाएपछि उनी पक्राउ परेका हुन् । 

उनलाई आक्रमण गरिएको कोठा इलाका प्रहरी कार्यालय लटिनाथ वल्लोपल्लो घर हो । प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न सकेको थिएन । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आक्रमणलगत्तै झ्याल खोलेर कराएपछि तत्काल प्रहरी उनको कोठामा पुगेका थिए । 

आक्रमणकारी खोज्न जिल्ला सदरमुकामबाट प्रहरीको टोलीसमेत परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले घटना अधिकारी आफैंले गराएर सरकारी सम्पत्तिमा क्षति गरेको उजुरी परेपत्रि पक्राउ गरिउको बताउ । 

गाउँपालिकाकै उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । आइतवार पक्राउ परेका उनीमाथि थप अनुसनधान गर्न प्रहरीले जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update