Odapalika - The Fourth Estate - चौथो अंग
कृषिमा आधारित उद्योग खोल्नेले ऋण सहुलियत पाउने, जग्गा पालिकाले व्यवस्था गर्ने

काठमाडौँ । वर्तमान सत्ता गठबन्धनले न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सत्तामा रहेका ५ राजनीतिक दलले साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आज सार्वजनिक भएको कार्यक्रममा कृषिमा आधारित उद्योगमा संलग्न हुने नेपालीलाई ऋण तथा विषेश सहुलियतका कार्यक्रम संचालन गर्ने भनिएको छ ।

‘कृषिमा आधारित उद्योगमा संलग्न हुने नेपालीहरूलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याउने,’ साझा कार्यक्रममा भनिएको छ ।

यसको लागि आवश्यक पर्ने जमिनको व्यवस्थाको लागि पालिकाहरुसँग समन्वय गरिने संकेत गरिएको छ । कृषि क्षेत्रका लागि मल, औजारको व्यवस्था गर्ने तथा स्थानीय बैंक तथा वित्तीय संस्थाहरुमार्फत पुँजीको व्यवस्था गर्ने भनिएको छ । यस्तै, कृषि उत्पादनको बीमा गर्ने तथा त्यसको समर्थन मूल्य तोकेर व्यवसायिक उत्पादकसँग अग्रिम खरिदको सम्झौता पनि गर्ने साझा कार्यक्रममा भनिएको छ ।

‘पालिकास्तरमा ‘भूमि बैङ्क’ जस्ता उपायबाट जमिनको व्यवस्था गर्ने । स्थानीय बैंक÷वित्तिय संस्थामार्फत् पूँजीको व्यवस्था गर्ने । सिँचाई, मल, औजार–उपकरण आदिको प्रबन्ध गर्ने । कृषि उपजको वीमा गर्ने, त्यसको समर्थन मूल्य तोक्नेर व्यावसायिक उत्पादनकर्तासँग अग्रिम खरिद सम्झौता सहितको प्रणाली विकास गर्ने,’ साझा कार्यक्रममा भनिएको छ ।

सत्ता गठबन्धनले कृषिमा सस्तो सहुलियत उपलब्ध गराउने र कृषि बीमा गराउने भने पनि सरकारले अनुदान नदिदा अहिले कृषि तथा पशुबाली बीमा कार्यक्रम करिब ठप्प छ भने सस्तो व्याजदरमा कर्जा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुले रोकेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update