Odapalika - The Fourth Estate - चौथो अंग
बिहान कोशी र मधेशमा पानी, दिउँसो कहाँ-कहाँ ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज विहानैबाट कोशी र मधेश प्रदेशका देशका केही भू–भागमा पानी परिरहेको जनाएको छ । 

नेपालमा हाल पश्चिमी वायुको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । जसले वर्षा गराउने विभागको भनाइ छ । 

विभागका अनुसार कोशी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update