Odapalika - The Fourth Estate - चौथो अंग
सार्वजनिक जग्गा मिचेको अभियोग लागेका ल्यारक्याल लामाले यस्तो जवाफ दिए पालिकालाई 

काठमाडौँ । बुढालीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीमा आफूले कुनै सरकारी जग्गा नहडपेको लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बताएका छन् । 

नगरपालिकाले जग्गा हडपेको भन्दै उनलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन पटकपटक ताकेता गरेपछि उनले पाकिलालाई यस्तो जवाफ दिएका हुन् ।

पूर्वराज्यमन्त्रीसमेत रहेका लामामाथि बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को चपलीमा उनले २ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेको पाइएको नगरपालिकाले जनाएको थियो । नगरपालिकाले पठाएको पत्रको जवाफमा उनले आफूले अरु व्यक्तिबाट जग्गा खरिद गर्दा नै तारजाली लगाएको जग्गा खरिद गरेको भन्दै आफूले जग्गा खरिद गरेपछि थप काम नगरेको बताएको नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले जानकारी दिए । 

‘हामीले पठाएको पत्रको जवाफ उहाँले चित्तबुझो रुपमा पठाउनु भएको छ । उहाँले पठाएको पत्रमा आफूले तारजाली लगाएको जग्गा खरिद गरेको छ । खरिद गर्नु अघि नै सरकारी जग्गा हडपेको बारे आफू नअविज्ञ रहेको  तर, आफूसँग भएको पुर्जामा उल्लेख भएको र पालिकाको तथ्यांक अनुसार हडपेको भेटिए फिर्ता गर्न तयार भएको बताउनुभएको छ’, उनले भने । 

उनले उक्त जग्गासँगै बुढालीलकण्ठ नगरभित्रका अन्य क्षेत्रमा समेत सरकारी जग्गा व्यक्तिले हडपेको पाइएको बताए । सरकारी जग्गा संरक्षणका लागि समिति बनाउने उनले पालिकाभित्र रहेका सरकारी जग्गा संरक्षणका लागि छुट्टै समिति गठनको तयारीमा रहेको बताए । 

उनले १३ वटै वडाका स्थानीयलाई समेटेर सार्वजनिक जग्गा संरक्षण समिति गठनको तयारीमा आफूहरु रहेको बताए । ‘हामीले उक्त समितिभन्दा अघि १३ वटै वडामा छुट्टा छुट्टै समिति गठन गछौँ । वडाका स्थानीयहरुलाई कहाँ कसले सरकारी जग्गा हडपेको हो सबै जानकारी हुन्छ, उहाँहरुले दिनुभएको जानकारी अनुसार पालिकामा गठन गरिएको साझा समितिले थप काम गर्न’, उनले भने । 

उनले उक्त समिति गठनको तयारीमा रहेको भन्दै कसले नेतृत्व लिने भन्ने विषय छलफलकै क्रममा रहेको बताए ।
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update