Odapalika - The Fourth Estate - चौथो अंग
नेपाली आकाश बिहानैदेखि धुम्म, अझै ३ दिन पानीको सम्भावना 

काठमाडौँ । नेपाली आकाश आजपनि अधिकांश स्थान धुम्म देखिने भएको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानूमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली  रही गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको विभागका भनाइ छ ।

विभागले  भोलि  पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम नै को छ । यो क्रम तीन दिनसम्म कायम रहने देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update