Odapalika - The Fourth Estate - चौथो अंग
राशिफलमा पराक्रम, अवरोध र उत्साहका कुरा 

आजको पञ्चाङ्ग 

तिथि: द्धादशी । नक्षत्र: अश्लेषा । करण: बणिज । चन्द्रराशि: कर्कट । सूर्योदय: ६: ०९ । सूर्यास्त: १८: १५ । दिनमान: ३०: १६ घडी । राहुकाल: बिहान १: ३० देखि ३: ०० सम्म ।

तपाईंको आज

मेष (चु चे चो ला लि लु ले लो अ)

आज शुरुमा काममा अवरोध हुन सक्नेछ । समयले साथ नदेला । भेटघाटको अवसर हुनेछ । मित्रसँगको भेटले मन आनन्दित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

स्वास्थ्यमा सामान्य समस्या आउनेछ । दाजुभाइसँग बिछोडिनु पर्नेछ । पराक्रमका कारण कार्य सम्पन्न हुनेछ ।  

मिथुन  (का कि कु घ ङ छ के को ह)

तपाईँको आज शुभ दिन हुनेछ । धन सम्पत्ति प्राप्त हुनेछ । मन कर्मक्षेत्रमा लाग्नेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । पराक्रमले अरुलाई प्रभावित पार्नु हुनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

यात्राको कारण शरीर थकित तथा आलस्य हुनेछ । गरेको कामबाट अपजस पाइनेछ । सोचेभन्दा बढी खर्च हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज गरेको कामको जस पाइनेछ । धन प्राप्त होला । लेनदेनमा सामान्य फाइदा हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । सामान किनमेलमा समय खर्च होला । आजको यात्रा सुखद हुनेछ । 

वृश्चिक (तो नानि नु ने नो या यि यु)

सही ठाउँमा धन खर्च हुनेछ । समय भाग्योदयको रहेकाले काम बन्नेछन् । धर्मतिर मन जानेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

आज तपाईँको खर्चिलो दिन हुनेछ । गरेको कामबाट बिग्रने सम्भावना देखिन्छ । नमिठो समाचारले मन खिन्न होला । स्वस्थ्य पनि कमजोर रहला । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

कामले सफलता पाउनेछ । परिवारसँग रमाइलोमा दिन बित्नेछ ।  तपाइँको विचारको सम्मान गरिनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज त्यति अनुकूल समय छैन । धेरैसँग विवाद हुनसक्छ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

उपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । परिवाले पूरै साथ दिनेछन् ।        
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update