Odapalika - The Fourth Estate - चौथो अंग
३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार 

काठमाडौँ । उपत्यकाका ३ वटा नगरपालिकाले संचालन गरेको  शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृतविरद्ध ३ करोड रुपेयाँ वढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । 

काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय तथा अतिरिक्त जिम्मेवारीको रुपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनामा कार्यरत करारका अधिकृत यामकुमार कार्की विरुद्ध मुद्दा दायर भएको हो । 

पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ ७५ पैसा भ्रष्टाचार गरको अभियोगमा अखितयार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरको हो । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update