Odapalika - The Fourth Estate - चौथो अंग
घरबेटीले कोदालो हानेपछि डिलाशैनीका २ कर्मचारी गम्भीर घाइते 

काठमाडौँ । घरबेटीले कोदालोले प्रहार गर्दा बैतडीको डिलाशैनी गाउँपालिकाका २ जना कर्मचारीसहित ३ जना गम्भीर घाइते भएका छन् । 

गाउँपालिकाको वडा नम्बर  ७ धामीगाउँका  ६२  वर्षीय किसनसिंह धामीले कोदालोले हिर्काएपछि उनकी श्रीमती  पार्वती धामी र दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुख सुभाष कलौनी तथा डिलाशैनी गाउँपालिकाकाका कार्यालय सहयोगी देवराज भट्ट घाइते भएका छन् । 

किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरेर बसेका २ जना कर्मचारीमाथि पनि  कोदालो प्रहार भएको गाउँपालिकाले जनाएको छ । 

घाइतेको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेकोले  थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको  प्रहरीले जनाएको छ ।

कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update