Odapalika - The Fourth Estate - चौथो अंग
आज पानी पर्छ ? यस्तो छ मौसमविद्को भविष्यवाणी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजपनि देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने अनुमान गरेको छ । 

विभागका अनुसार नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव कायम छ । जसका कारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । 

काठमाडौंसहित देशका विभिन्न भागमा बिहानैबाट हल्का वर्षा भएपनि मानछे भिज्नेगरी पानी भने नपर्ने विभागको भनाइ छ ।  आज पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ  । आज राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने भू–भागको मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update