Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज तपाईंको कर्म र भाग्य 

आजको पञ्चाङ्ग 

तिथि: त्रयोदशी । नक्षत्र: मघा । करण: कौलव । चन्द्रराशि: सिंह । सूर्योदय: ६: ०८। सूर्यास्त: १८: १६ । दिनमान: ३०: २० घडी । राहुकाल: बिहान १०: ३० देखि १२: ०० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नयाँकार्यको थालनी आज नगर्नु होला । अप्रिय खबर सुन्नुपर्ला । 

वृष ( इ उ ए ओ बा बि बु बे बो)

आजको कार्यमा दाजुभाइको साथ हुनेछ । नयाँ कामको प्रस्तावले तपाईँको मन उत्साहित हुनेछ । स्वास्थ्य भने कमजोर बन्नेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह)

आज धनको बचत हुनेछ । आफ्नो कर्तव्य निभाउन सक्षम भइनेछ । कुटुम्बको साथ पाउनुहुनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

मीठो खाने रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक सोचको सबैले सम्मान गर्नेछन् । आजको लेनदेनले फाइदा दिनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

आजको दिन अपजसिलो छ । कामको चारैतिरबाट शत्रुले घेर्नेछन् । धैर्य र साहासले काम गर्नु पर्ला  । धन व्यय हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

अचानक धनप्राप्ति हुनेछ । अप्रत्यासित तपाईँको लागि उपहार मिल्न सक्छ । कामको उपलब्धिपूर्ण प्रतिफल हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन कर्मसिद्धिको समय रहनेछ । मान सम्मान पाउनुहोला । स्वास्थ्यमा सुधार देखिनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको दिन तपाईँको भाग्य बलियो रहनेछ । थोरै परिश्रमले पनि ठूलो उपलब्धि पाउनुहुनेछ । काम गर्न जोश जाँगर बढ्नेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

तपाईँले आज शत्रुको सामना गर्नु पर्नेछ । अनावश्यक चिन्ता बढ्नेछ । स्वास्थ्यले पनि साथ दिनेछैन । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

तपाईँका ज्ञान र बुद्धिको परिवारले प्रशंसा गर्नेछन् । घरायसी कार्यमा सरिक हुन पाइएला । जीवन साथीको प्रगति सुन्न पाइनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

गरेको काममा बाधा अड्चन आउनेछन् ।  कुरा काट्नेदेखि सावधान रहनुहोला । अरुको अपमान सहनुपर्ला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

तपाईँले सन्तानको प्रगतिले सुन्नु हुनेछ । गरेका काम प्रशस्तै बन्नेछन् । घुमफिरमा रमाउँदै समय बित्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update