Odapalika - The Fourth Estate - चौथो अंग
छुवाछुत हटाउन पालिकाको पहलमा २३ टोलका नाम परिवर्तन 

काठमाडौँ । बेतडीको पाटन नगरपालिकामा दलितहरुको उल्लेख्य बसोबास छ । तर त्यही ठाउँमा पटक पटक जातीय छुवाछुतका घटना भइरहन्छन् । 

यतिसम्मकी यहाँका अधिकांश गाउँ र टोलका नामसमेत दलित समूदायलाई होच्याउने गरी राखिए । तर अब यो अवस्थाबाट माथि उठेर दलितलाई सम्मान दिन पालिका नै कम्मर कसेर लागेको छ । 

पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराको पहलमा यहाँका दलित बस्तीका नाम धमाधम फेरिन थालेका छन् । 

नगरपालिकाको वडा नम्बर ५, ६ र ७ मा रहेका विभिन्न २३ वटा दलित बस्तकिो नाम फेरेको उपप्रमुखको भनाइ छ ।  उनका अनुसार नगर कार्यपालिकाको बैठकबाट निणृय गरेरै दलितलाइृ होच्याउने गरी राखिएका नाम फेर्ने निर्णय भएको  हो । 

यो निर्णयलगत्तै उपप्रमुख आफैँ नयाँ साइनबोर्ड बोकेर दलितलाइृ होच्याउने गरी नामाकरण गरिएका टोलहरुमा पुगेर साइनबोर्ड फेरिरहेका छन् । 

वडा नम्बर ५ को डुमेउडाको नाम फेरेर रानीघाटको वाड राखिएको छ । बैतडीमा करिव ५० हजार दलितहरुको बसोबास छ । यहाँका धेरेजसो पालिकामा दलितलाई अपमान गर्ने गरी नामाकारण गरिएको बोहोराको भनाइ छ । 

वडा नं ५ मा पर्ने डुमचेडा गाउँमा लुहार, ओड र कोली जातिका मान्छेको बसोबास छ । सोही वडाका डुमेओडामा हुड्के ओड र लुहार बस्छन् ।

वडा नं ६ मा पर्ने भुलेओडामा भुल, औजीओडामा आउजी र भट्टाडमा भाँड र कुमालको मात्र बसोबास छ । पालिकाले यी बस्ती र टोलको नाम फेरेर डुमचेडालाई सिर्जनाघाट र डुमेओडालाई रानीघाट बनाइदिएको छ । 

यसैगरी वडा नं ६ का तल्लो भुलेओडालाई बसराटोल र औजीओडालाई तिलगाउँ, भुलेओडालाई ढुंगेओखल र भट्टाडको नाम परिवर्तन गरेर बयलपाटा बनाइएको उपप्रमुखको भनाइ छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update