Odapalika - The Fourth Estate - चौथो अंग
कसले भत्कायो डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी ?

काठमाडौँ । डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिढीँ तोडफोड भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं. १ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरको सिढीँ भत्काइएको हो ।

मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोफफोड भएको पाइएको नगरपालिकाका मेयर जनचन्द्र रोकायाले जानकारी दिए ।

‘करिब १६ वटा सिढीँ भत्काइएको छ । कसले भत्कायो भन्ने यकिन भइसकेको छैन । हामीले (नगरपालिकाले) अनुसन्धान गरिरहेका छौं । प्रशासनले पनि अनुसन्धान गरिरहेको छ,’ मेयर रोकायाले वडापालिकासँग भने ।

कसले र किन सिढीँ भत्कायो भन्ने पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ । यसअघि पनि अज्ञात समूहले मन्दिरका सिँढी तोडफोड गरेको थियो । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजनहरु आउने गर्दछन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update