Odapalika - The Fourth Estate - चौथो अंग
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

काठमाडौँ । युवतीलाई बलात्कारको आरोपमा प्रहरीले एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । बर्दिया प्रहरीले जिल्लाको बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलत्कार गरेको उजुरीको आधारमा नियन्त्रणमा लिई वडाध्यक्ष बास्तोलामाथि अनुसन्धान भइरहेको बताए ।

पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि बिहीबार राति वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिएको डीएसपी अर्यालले जनाए । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update