Odapalika - The Fourth Estate - चौथो अंग
करारमा अनमी नियुक्त गर्दै मर्स्याङ्दी गाउँपालिका

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले करारमा अनमी नियुक्त गर्ने भएको छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै ७ दिनको समय राखेर आवेदन माग गरेको हो । 

सूचना अनुसार नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट अनमी वा सो सरह कोर्ष उत्तिर्ण गरी काउन्सिलको प्रमाणपत्र प्राप्त गरेको, १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । 

तोकिएको समयभित्र परेका आवेदनलाई मात्र मान्यता दिने भन्दै पालिकाले आवेदनका साथमा ४ सय शुल्क समेत तोकेको छ । 

Notice1711085166.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update