Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी ठगी प्रकरण : २० लाख धरौटीमा छुटे कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत

काठमाडौँ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई धरौटीमा छाड्न उच्च उदालतले आदेश दिएको छ । 

बिहीबार बसेको न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलाशले पराजुलीलाई २० लाख र सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो । 

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले उनलाई गत पुस ११ गते प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । 

उनलाई गत पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको बयानपछि पक्राउ परेका पराजुली पुर्पक्षका लागि थुनामा पठाएको जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए । 

गण्डकीमा सहकारी रजिस्ट्रार हुँदा सहकारीको शाखा विस्तारका क्रममा घुस लिएको उनीमाथि आरोप लागेको थियो । मित्रमिलन सहकारीका अध्यक्ष रमन पौडेल र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई १ करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

उनीहरुको बयानका आधारमा प्रहरीले पराजुलीलाई पक्राउ गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update