Odapalika - The Fourth Estate - चौथो अंग
रुरुक्षेत्रका व्यवसायीलाई करदाता सेवा कार्यालयको आग्रह : ७ दिनभित्र आय कर भुक्तानी गर्नुस्

काठमाडौँ । करदाता सेवा कार्यालय तम्घासले गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका व्यवसायीलाई समयमै कर दाखिला गर्न आग्रह गरेको छ । 

कार्यालयले शुक्रबार करदाताको नाम नै सार्वजनिक गर्दै ७ दिनभित्र कर दाखिला गर्न आग्रह समेत गरेको हो । 

लामो समयदेखि कर विवरण पेश नभएको भन्दै पालिकाले नाम नै सार्वजनिक गर्दै ७ दिनभित्र दाखिला गर्न निर्देशन दिएको हो । समयमा आयविवरण पेश नगरेको खण्डमा आयकर ऐन को दफा ११७ बमोजिम मासिक १ सय रुपैयाँका दरले शुल्क र दफा ११९ बमोजिक वार्षिक १५ प्रतिशत ब्याज गणना हुने समेत सूचनामा उल्लेख छ । 

कार्यालयले ७ दिनको समय राखेर सूचना प्रकाशन भएपछि विवरण पेश नगर्ने, कर नतिर्ने करदाताहरुको अन्य प्रक्रिया कानुन बमोजिम हुने समेत जनाएको छ । 

कार्यालयले वडा नम्बर १ का ३४, २ का ५, ३ का ७, ४ का ३३, ५ का १२ र ६ का १३ वटा व्यापारीक फर्म तथा सञ्चालकले नाम नै सार्वजनिक गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update