Odapalika - The Fourth Estate - चौथो अंग
हाजिरी जमानतमा रिहा भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्।

बयान सकिएपछि सीआईबीले उनलाई शुक्रबार हाजिरी जमानतमा छाडेको हो । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उनलाई सोमबार कपिलबस्तुबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update