Odapalika - The Fourth Estate - चौथो अंग
भुकम्प प्रभावितका लागि आएको १ करोड ३१ लाख रकम अपचलन गर्ने बैंकका कर्मचारी पक्राउ

काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ राडी बजारमा रहेको प्रभु बैंकबाट रकम अपचल गरी फरार रहेका सोही बैंकका एक कर्मचारी पक्राउ परेका छन् ।

रकम अपचलनको आरोपले प्रहरीले राडी शाखामा अपरेसनल इन्चार्ज रहेका ३१ वर्षीय निरजविक्रम शाहलाई शुक्रबार सार्वजनिक गरेको हो । उनले बखत आठबीसकोट नगरपालिकाका भुकम्प प्रभावितका लागि भनेर आएको पहिलो किस्ता बापतको रकम खातामा जम्मा नगरी अपचलन गरेका थिए ।

बैंकमा कार्यरत रहदाँ गत माघ ७, १७ र १९ गते ३ वटा चेकको कुल १ करोड ३१ लाख २५ हजार रुपैयाँ नगरपालिकाको खातामा जम्मा नगरी अनाधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरी फरार रहेका शाहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । 

गत फागुन ९ गते प्रभु बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सिनाले प्रहरीमा दिएको जाहेरीका आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए ।

शाहलाई पक्राउ गर्न उच्च अदालत सुर्खेतबाट गत फागुन १२ गते पक्राउ अनुमती जारी भएपछी जिप्रका बाँकेसँगको समन्वयमा बिहीबार नेपालगञ्ज उप–महानगरपालिका–१५ जमुनाहबाट उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update