Odapalika - The Fourth Estate - चौथो अंग
होलीमा काठमाडौँमा दिउँसो पानी पर्ने, अन्त यस्तो छ मौसम 

काठमाडौँ । जल तथा मौसम विधान विभागले आज काठमाडौँसहित देशका केही भूभागमा पानी पर्ने सम्भावना बताएको छ 

नेपालमा  हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

विभागका अनुसार मौसमको यो प्रभाका कारण आज काठमाडौंसहित देशका केही स्थानमा वर्षाको सम्भावना बनेको हो । आइतबार दिउँसोबाट काठमाडौंमा पानी पर्ने विभागका मौसमविवद्हरु बताँछन् । 

आज उपत्यासहित पहाडी क्षेत्रमा होली पर्व मनाइदै छ । रंग दलेर मनाइने यो पर्वमा यसपटक पानीले प्रभाव पार्ने दखिएको छ । 

आज कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी  भू–भागमा आंशिकदेखि मुख्यतया सफा छ ।

दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना  छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update