Odapalika - The Fourth Estate - चौथो अंग
खरिदार र सुव्बा जन्माउने अभियानमा सबैला नगरपालिका 

काठमाडौँ ।  धनुषाको सबैला नगरपालिकाले पालिकाभित्रका विद्यार्थीहरुलाई खरिदार र नायव सुव्बाको निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । 

स्थानीय युवाहरुमा विदेशप्रतिको मोह अत्यधिक बढेको भन्दै पालिकाले मेयरसँग युवा कार्यक्रम अन्तर्गत यो अभियान थालेको हो । 

पालिकाका अनुसार १५ चैतबाट ठिल्लास्थित सरस्वती माविमा यी कक्षाहरु सुरु हुनेछन् । पालिकाले इच्छुक पालिकाबासीलाई कक्षामा सहभागी हुन अपील गरेको छ । 

पालिकाको वार्षिक नीति तथा कार्यक्रम र स्वीकृत बजेटको परिधिभित्र रहेर यो कार्यक्रम संचालन गरिने सबैलाका नगर प्रमुख काशीराम यादवले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update