Odapalika - The Fourth Estate - चौथो अंग
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर

काठमाडौँ । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिका सुुदुरपश्चिममा प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदका अनुसार  दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update