Odapalika - The Fourth Estate - चौथो अंग
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव

काठमाडौं । खोटाङमा खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ चैत २७ गतेबाट २०८१ वैशाख ३ गतेसम्म आयोजना गरिने भएको छ । 

आयोजनाको तयारी सुरु भइसकेको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए । 

उनले महोत्सव र श्रीमद्भागवत सप्ताहको लागि गठन भएको विभिन्न समितिहरुले काम सुरु गरीसकेको जानकारी दिए । महोत्सवले धर्मप्रतिको आस्था बढाउनुको साथै धार्मिक पर्यटन प्रवद्र्वनमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा भारतबाट पनि भक्तजनहरुले सहभागिता जनाउने भएका छन् । यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । खोटाङको रावावेसी –२ शारदा माध्यामिक विद्यालयमा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीवेटी समुह रहेको छ । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update