Odapalika - The Fourth Estate - चौथो अंग
रुपनीको खाजामा ३१ आइटम, कसले देला सस्तोमा ? 

काठमाडाैँ । सप्तरीको रुपनी गाउँपालिकाले खाजा खाना र चिया नास्ताका लागि कोटेशन पेश गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । 

नगरपालिका र वडा कार्यालयमा क्यानिटन संचालन गर्ने भन्दै पालिकाले होटल व्यवसायीहरुलाइृ ३१ आइटम प्रस्तुत गदैृ दररेट पेश गर्न भनेको हो । 

पालिकाका अनुसार सस्तो रेटमा बोलकबोल गर्नेलाई क्यान्टिन संचालनको जिम्मेवारी दिने तयारी छ । 

पालिकाले चियादेखि लिटीसम्म, जिलेवीदेखि गुलाव जामुनसम्मका मिठाइ दिनुपर्ने, पकौरादेखि आलुचपसम्मका नास्ता खुवाउनु पर्ने, माछा र मासु भात खुवाउनुपर्ने भन्दै होटल व्यवसायीसँग दररेट मागेको हो ।  

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update